चलचित्र ‘छ माया छपक्कै’अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । दीपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरूको अभिनय रहेको उक्त चलचित्र मङ्सिर १३ गते देखि डिस होममा प्रदर्शन भइरहेको छ । डिस होमले हलसम्म गएर चलचित्र हेर्न नभ्याउने र हलहरूको सहज पहुँच नभएको दर्शकहरूका लागि न्यूनतम शुल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुविधा उपलब्ध गराइरहेको छ । आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कार्तिक २४ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको थियो । चलचित्रले हलमा सफल ५१औँ दिन समेत मनाइसकेको छ ।