गायिका मेनुका पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । संचारकर्मी दिपेन्द्र घिमिरेको शब्द रहेको गीत 'रङ्ग भित्रको' मा एस. डी योगीको सङ्गीत रहेको छ । भने सङ्गीत संयोजन रिकेश गुरुङले गरेका हुन् । मङ्गलवार भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको गीतले प्रेम को चाह गर्ने श्रीमतीको अधुरो इच्छा र चाहनालाई चित्रण गरिएको छ । भिडियोमा अभिनेता निराजन प्रधान र नायिका नीता ढुङ्गानाको अभिनय रहेको छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । यसै गरी अनिल के. मानन्धरको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।