चलचित्र ‘झिँगे दाउ’को खोटाङको हलेसीमा एउटा सेड्युलको छायाङ्कन सम्पन्न गरेर हाल काभ्रेको भकुण्डेबेसीमा धमाधम छायाङ्कन भइरहेको छ । केही दिन अघि चलचित्रकी नायिका आँचल शर्माको लुक सार्वजनिक भएको थियो । फेरी चलचित्रका मुख्य कलाकार मुकुन भुसाल, कुशल विष्ट, आशा भुसाल र अंशु महर्जनको पनि लुक बाहिरिएको छ । मुकुन भुसाल र कुशल विष्टको सार्वजनिक तस्बिरमा दुबैजनालाई फरक लुकमा देखिन्छ । दुवैले नेपाली राष्ट्रिय पोसाक लगाएका छन् भने ढाका टोपी र गलबन्दीमा सजिएका छन् ।
यसै गरी आशा भुषाल र अंशु महर्जनको सार्वजनिक तस्बिरमा निकै फरक स्वरुप देख्न सकिन्छ । गाउँले परिवेश र विशुद्द नेपाली पन झल्कने गरी दुबैलाई प्रस्तुत गरिएको छ ।साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगे दाउ’ बन्न लागेको हो । कपन गढी सिनेमा प्रा । लिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका हुन् । चलचित्रलाई विष्णु कल्पितले खिचिरहेका छन् ।