केही दिन अघि अमेरिकामा आयोजना भएको 'ग्लोबल नेपाली फिल्म अवार्ड' मा अभिनेता अनमोल केसीले 'स्टार अफ द इयर' अवार्ड हात पारेका थिए । त्यसको केही दिन अघि जापानमा पपुलर एक्टर’को अवार्ड हात पारेका थिए । अब उनी अमेरिका हुने चलचित्र ‘क्याप्टेन’को विशेष शोमा सहभागी भएर नेपाल फर्किनेछन् । एकपछि अर्को अवार्ड जित्दै आएका अनमोललाई अवार्ड पाउने कार्यक्रममा मात्र पुग्ने गरेको आरोप समेत लाग्ने गरेको छ । तर उनी यसलाई नकार्छन् । उनले अवार्ड लोभ गर्दैमा नपाइने भनेका छन् । उनले ‘अवार्ड भनेको कुनै पनि कलाकारलाई हौसला दिनका लागि गरिने सम्मान हो । मैले, अवार्डलाई मलाई गरिएको सम्मानको रूपमा हेरेको छु’ भनेका छन् । अरूलाई अवार्ड पाउने लोभ  होला तर आफूमा त्यो लोभ नभएको उनले स्पष्ट पारेका छन् । अनमोल यति बेला उनी चलचित्र ‘ए मेरो हजुर ४’को लागी तयारी गर्दै छन् ।