बलिउडका चर्चित कलाकार सैयाजि सिन्दे यतिबेला नेपालमा छन् । उनि बुधबारमात्र नेपाल आएका थिए । सिन्दे नेपाल घुम्न भन्दा पनि चलचित्र ‘कमिटमेन्ट’को सुटिङमा व्यस्त छन् । उनि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्दै गरेको चलचित्र ‘कमिटमेन्ट’को सुटिङको लागी नेपाल आएका हुन् ।
तलेगु, मराठी, हिन्दी, तामिल, कन्नाडा र मलायलम चलचित्रमा समेत अभिनय गरिसकेका सिन्दे आफुलाई नेपाली चलचित्रमा काम गर्न पाउदा खुसी लागेको बताए । ‘नेपाल आउन मन लागेको पहिले नै हो तर आउन पाएको थिए । अहिले चलचित्रको सुटिङको लागी आउन पाउदा । नेपालको स्टार निखिल जीसँग काम गर्न पाउदा खुसी लागेको छ।’ उनि भन्छन् ।
यसअघि पनि ’कमिटमेन्ट’कै शुटिङका लागि बलिउडका चर्चित दुई कलाकार रञ्जित र मुस्ताक खान नेपाल आइसकेका छन्।चलचित्रमा निखिल उप्रेती मुख्य भूमिकामा देखिनेछन्। चलचित्रलाई बि.के फिल्मसका गोपाल कायस्थले अल नेपाल वितरण गर्नेछन् । गत जेठ २३ गते बाट फ्लोरमा उत्रिएको चलचित्रको अहिले बालाजुमा शुटिङ भइरहेको छ। चलचित्रको सुटिङ चलचित्रको सुटिङ नेपाल, भारत, थाइल्याण्ड, सिंगापुर र अमेरिकामामा हुने निर्माण पक्षले जानकारी दिए ।