कलाकारहरू तीर्थ यात्रामा निस्किएको खबर उति सारो बाहिरिँदैन । उनीहरू चलचित्रलाई लिएर विभिन्न देश तथा स्थानमा यात्रा गर्नु त सामान्य नै हो । यसैबिच नेपालका लोकप्रिय हास्य कलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा यति बेला श्रीमतीसहित तीर्थ यात्रामा निस्किएका छन् । भारतका विभिन्न मन्दिर र तीर्थस्थल घुम्न जाने क्रममा उनीहरू यति बेला कोलकता पुगेका छन् । कलाकार तथा निर्माता दीपकराज गिरीले आफूहरू तीर्थ यात्रामा निस्किएको भन्दै बुधवार कोलकता पुगेको तस्बिर सामाजिक सञ्जालमा साझेदारी गरेका छन् । हास्य कलाकारको समूहमा निर्देशक अभिनेत्री झरना थापा पनि मिसिएकी छिन् । यति बेला यो हास्य कलाकारको टिम केही फुर्सदमै देखिन्छन् । भारतबाट फर्किए लगत्तै दीपकराज गिरी समूह र झरना थापा दुवैले नयाँ चलचित्र निर्माणलाई अघि बढाउने काममा जुट्नेछन् ।