हास्य कलाकार तथा समाजसेवी धुर्मुस (सिताराम कट्टेल) लाई चितवनमा रेडकार्रपेट सहित सम्मान गरिएको छ । चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगिताको उद्घाटन सत्रमा कलाकार धुर्मुसलाई रेडकार्पेट सहित सम्मान गरिएको हो । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा लागिपरेका कलाकार धुर्मुस सुन्तली फाउण्डेशनलाई लिटिल फ्लावर विद्यालयमा सङ्कलन गरिएको रकम रु २ लाख नगद सहयोग हस्तान्तरण गरिएको छ । प्रिन्सिपल रोवि के ।यु ले विद्यालयको तर्फबाट सितारामलाई रकम हस्तान्तरण गरेका हुन् ।