पछिल्लो समयका चर्चित र्यापर भिटेनको गीत अहिले युट्युबको टेन्डिङको एक नम्बरमा छ । चार दिन अगाडि सार्वजनिक भएको गीत ‘थाहा छैन’ पहिलो नम्बरमा पर्न सफल भएको हो । गीत लाई बिहीबार साँझ सम्म करिब १० लाखले हेरिसकेका छन् । ७१ हजारले लाईक गरेको गीत लाई जम्मा १४ सयले डिसलाईक गरेका छन् । उनको गीत मा करिब ५५ सयले कमेन्ट गरेका छन् जसमा अधिकांश सकारात्मक प्रतिक्रिया रहेको छ । ‘भद्दा’ शब्द र प्रहरीको बर्दीलाई गलत प्रयोग गरेको आरोपमा पक्राउ परेका भिटेनको यस गीतले निकै सकारात्मक सन्देश दिन्छ भने भाषा पनि सभ्य प्रयोग गरिएको छ । उनले यसरी जीवनमा सकारात्मक ऊर्जा दिने गीत गाएकोमा उनका फ्यान मात्र होइन सबैले गीतलाई मन पराएका छन् । सँगै भिटेनले गीतमा आफ्नै कथा भनेको धेरै दर्शकले बुझेका छन् ।