गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीसँगै’ बोल रहेको गीत भिडियो सहित इन्टरनेटमा सार्वजनिक भएको हो । गीति एल्बम ‘अमर–२’ मा समावेश यस गीतलाई कवि एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले रचना गरेका हुन् भने राम कार्कीले सङ्गीत भरेका हुन् । सार्वजनिक गीत को भिडियोमा ईश्वर फुयाँल, सृष्टि आचार्य र साया लामा फिचर्ड छन् भने नरेन्द्र धामीले भिडियो निर्देशन गरेका हुन् । कृष्ण भट्टराई र राजकुमार लामा प्रोडुसर रहेको भिडियोलाई महेश महराले खिचेका हुन् भने नरेन्द्र धामीले सम्पादन गरेका हुन् ।