जेठ ३ गते रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ 'भिडियो पसल'मा रिलिज भएको छ । मिलन चाम्सको निर्देशनमा निर्माण भएको यस चलचित्र अब भिडियो पसलको एप्स डाउनलोड गरेर हेर्न सकिन्छ । हलमा ठिक ठाक मात्र व्यापार गर्न सफल यस चलचित्रले मित्रता र प्रेमको कथा भन्छ । यसमा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्धि तामाङको मुख्य भूमिका छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रूपमा रहेकी छन् । ‘विर विक्रम २’मा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।