शुक्रवार चलचित्र 'सँगसँगै' को मुर्हत गरिएको छ । बिहान भद्रकाली मन्दिर परिसरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ लगायत निर्माण युनिट र संचार कर्मीको उपस्थितिमा साइत गरिएको हो । मधुसूदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सौगात र सृष्टिका साथमा मुकुन भुसाल र आश्मा गिरीको पनि अभिनय रहने छ । चलचित्रको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् । चलचित्रको शुभ मुर्हतमा सृष्टि र सौगातले मुर्हत सट पनि दिएका थिए । मुर्हत बाजागाजा सहित सम्पन्न गरिएको थियो ।