चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को यति बेला छायाङ्कन भइरहेको छ । चलचित्र कीर्तिपुरमा निर्माण गरिएको सेटमा गरिने छायाङ्कनको समापन भएसँगै मनाङमा छायाङ्कन भइरहेको छ । योसँगै चलचित्रमा  मुख्य अभिनेता प्रदीप खड्काको र मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बालापनको भूमिका निभाएका अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चैत २८ मा प्रदर्शन हुने यो चलचित्रको सार्वजनिक पोस्टरमा दुई कलाकारलाई फरक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरू पौराणिक कथाका काल्पनिक पात्र जस्तो देखिएका छन् ।

डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा शिवले प्रदीप खड्का र नव-अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् । लुक्स सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको काठमाडौँ छायाङ्कन सकिएको र अबको बाँकी छायाङ्कनको लागी टिम मनाङ तर्फ लाग्ने जानकारी गराएको छ । चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।