पछिल्लो समय नेपाली अभिनेत्रीहरूले पनि आफ्नो विवाहको केही दिन अघि देखी नै विवाहको माहौल सृजना गरिरहेका हुन्छन् । छिमेकी राष्ट्र भारतका रीति अनुसार मेहेन्दी, सङ्गीत लगायतका चलनहरू नेपाल भित्रिरहेका छन् । यसैबिच मसिंर २१ गते दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिन लागेकी अभिनेत्री ॠचा शर्माको बिहेको माहौल हिजोबाट नै सुरु भइसक्यो । बिहीबार दिपेक्ष र ऋचा विवाहको सङ्गीत कार्यक्रम थियो जसमा नायिका प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, नम्रता सापकोटा, माला लिम्बु लगायत अभिनेत्रीले नृत्य प्रस्तुत गरेका थिए । ऋर्चाले पनि ‘साजनजी घर आए’ बोलको हिन्दी गीतमा नाचेकी थिइन् । सङ्गीतमा दुलहा दिपेक्षले पनि साथीभाइसँग नाचेका थिए । दुई वर्ष यता प्रेममा रहेका प्रेमी दिपेक्ष क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेकी ॠचाले आज मात्रै विवाहको मिति सार्वजनिक गरेकी हुन् ।