चलचित्र पत्रकारको साथै चलचित्र ब्ल्याक डायरीका लेखक सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका थिए । उनको शवलाई हाल टिचिङ अस्पतालमा पोस्टमार्टमको लागी राखेको चलचित्र वितरक गोपाल कायस्थले जानकारी दिए । त्यस्तै ब्ल्याक डायरीका निर्माता अनोज अधिकारी अनुसार शाक्यले आत्महत्या गर्नु अघि परिवारको नामकाे पत्र भेट्टिएको जानकारी दिएका छन् ।पत्रमा जसमा परिवारको चाहना पुरा गर्न नसकेको खुलाएका छन् । शाक्य श्रीमती र दुई छोरी र एक छोराकाे साथमा काठमाण्डौंकाे गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका थिए । लामो समय चलचित्र पत्रकारिता गरेका स्व.लाई शाक्यप्रति हार्दिक श्रद्धाञ्जली !