‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । हिमालय टेलिभिजनबाट प्रसारण भएको चर्चित रियालिटी सो 'भ्वाइस अफ नेपाल सिजन २’ मा कोच प्रमोदको तर्फबाट अन्तिम चार प्रतिस्पर्धीको लिस्टमा परेका थिए । अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ पुगेका थिए । उनीहरूले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् ।
विजेता बनेसँगै रामले नगद १२ लाख रुपैयाँ र डेडसन् रेडी गो कार पुरस्कार स्वरूप प्राप्त गरेका छन् । साथमा उनले वर्ल्ड टुर र एक म्युजिक एल्बमको कन्ट्रयाक्ट पनि प्राप्त गरेका छन् । शनिवार काठमाडौँको होटेल हायातमा परी सरमा सम्पन्न फाइनल कार्यक्रममा मध्य रातमा उनलाई विजयी घोषणा गरिएको हो । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए ।