गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 
निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को यति बेला धमाधम छायाङ्कन भइरहेको छ । फरक जनरामा निर्माण हुन लागेको यस चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । उनको इन्ट्रीको खबरसँगै उनको चलचित्रको लुक्स पनि सार्वजनिक भएको छ । निर्माता अर्जुन कुमारले अर्पणको तस्बिर सार्वजनिक गरेका हुन् भने यसमा उनी नेगेटिभ रोलमा भएको अनुमान लगाउन सकिन्छ ।
चलचित्र ‘सूर्य किरण’को फष्टलुक र नयाँ रिलिज डेट सार्वजनिक भएको छ । सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी अभिनीत चलचित्र मङ्सिर २७ गते प्रदर्शनमा आउने भएको छ । अमिर दोङको निर्देशनमा बनेको चलचित्रमा सविन शीर्ष भूमिकामा छन् भने केकी अतिथि भूमिकामा छिन् । 
निर्देशक दिवाकर भट्टराईको चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट निर्माताको रूपमा आउने भएका छन् । चलचित्रलाई उनी आफै निर्देशन गर्नेछन् । चलचित्रमा लिड अभिनेत्रीको रूपमा दीपिका प्रसाईँ अर्थात् दिवाकरकी धर्मपत्नी फाइनल भइसकेकी छिन् भने दीपिकासँग अभिनेता पल शाहको जोडी बाँधिने भएको छ । योसँगै पहिलो पल्ट दीपिका र पलको जोडिले चलचित्रमा रोमान्स गर्ने छ । 
चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ को यति बेला छायाङ्कन भइरहेको छ । योसँगै चलचित्रमा  मुख्य अभिनेता प्रदीप खड्काको र मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बालापनको भूमिका निभाएका अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चैत २८ मा प्रदर्शन हुने यो चलचित्रको सार्वजनिक पोस्टरमा दुई कलाकारलाई फरक अवतारमा प्रस्तुत गरिएको छ ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र ‘पर्खी बसे फर्की आउँछु’ को शुभ मुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भव्य समारोहका बिच शुभ मुहूर्त गरिएको हो । शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन सोमबारबाट सुरु भएको छ । 
अभिनेता दयाहाङ राई र वर्षा सिवाकोटी ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । शनिवार एक कार्यक्रमका बिच उनीहरूले आधिकारिक रूपमा एम्बासडर को रूपमा अनुबन्धित भएका हुन् । 
अभिनेत्री ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिएकी छन् । शनिवार प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । विवाह समारोहमा दुवै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । 
मङ्सिर २० गतेबाट प्रदर्शनमा आएको चलचित्र 'माछा माछा' को बुधवार प्रिमियर सम्पन्न भयो । अभिनेता दयाहाङ राई र ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेको यस चलचित्रलाई डेब्यु निर्देशक सुनिल गुरुङले निर्देशन गरेका हुन् । बुधवार बिग मुभिज मा सम्पन्न प्रिमियरमा निर्माता दयाहाङको टिम लगायत अन्य कलाकारको पनि राम्रो उपस्थिति रहेको थियो । चलचित्र हेरेका सबैले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र हेर्न अभिनेत्री मिरुना मगर, गौरव पहारी, बुद्धि तामाङ, असिफ शाह, असिम शाह लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । हिमालय टेलिभिजनबाट प्रसारण भएको चर्चित रियालिटी सो 'भ्वाइस अफ नेपाल सिजन २’ मा कोच प्रमोदको तर्फबाट अन्तिम चार प्रतिस्पर्धीको लिस्टमा परेका थिए । अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ  पुगेका थिए । उनीहरूले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् ।
पूजा शर्मा र आकाश श्रेष्ठको जोडी अभिनीत चलचित्र ‘सम्झना बिर्सना’को यति बेला सिलिगुडीमा छायाङ्कन भइरहेको छ । पूजाले चलचित्रमा आफ्नो नाम र लुक्स सार्वजनिक गरेकी छिन् । चलचित्रमा उनी ‘सम्झना’को भूमिकामा देखिँदै छिन् । सार्वजनिक तस्बिरमा पूजालाई कतै लजालु युवती त कतै उनी रिसाहा अवतारमा देखिएकी छिन् । पूजाको लुक्सले पनि चलचित्रप्रति कौतुहलता पैदा गरिदिएको छ । 

अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक भएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यस चलचित्रको मङ्गलवार राती सार्वजनिक गरिएको १ मिनेट २ सेकेन्ड लामो टिजरमा अभिनेता विपिन कार्कीलाई नै महत्त्वका साथ प्रस्तुत गरिएको छ ।
चलचित्र ‘चालबाज’को शुक्रवार दार्जिलिङको मिरिकमा शुभ साइत गरिएको छ । सौरभ इन्भेस्टमेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र को छायाङ्कन शनिवारदेखि सुरु भएको छ । कैलाश राईले निर्देशन गर्ने चलचित्रलाई अरुण तामाङले निर्माण गर्दै छन् । चलचित्रमा नायिका केकी अधिकारी, कलाकार बुद्धि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

साम्राज्ञी आरएल शाह र पुष्प खड्का स्टारर चलचित्र 'मारुनी' को जापानमा सो सम्पन्न भएको छ । चलचित्रको जापानमा नोभेम्वर ३० तारिखमा शो सम्पन्न भएको थियो । चलचित्रको विशेष शोमा सहभागी हुन नेपालबाट अभिनेता पुष्प खड्का र निर्मात्री पुनम गौतम जापान पुगेका छन् । दर्शकको साथमा रहेका पुष्पले हर्षित हुँदै तस्बिर खिचाएका थिए भने निर्मात्री पुनमले दर्शकको उपस्थिति सन्तोषजनक रहेको बताएकी छिन् ।
भर्खरै खोटाङको हलेसीमा एउटा सेड्युलको छायाङ्कन सम्पन्न भएको चलचित्र ‘झिँगे दाउ’मा आँचल शर्माको फरक लुक सार्वजनिक भएको छ । हलेसीमा छायाङ्कन सकेर टिम भकुन्डेवेसीमा तयार भएको सेटमा काम गरिरहेको छ । कथाले मागे अनुसारको लोकेसन र सेट तयार पार्न कुनै कसर बाँकी नराखेको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । चलचित्रमा आँचल ले गाउँले केटीको भूमिका निभाएकी छिन् । सधैँ आधुनिक अवतारमा चलचित्रमा देखिँदै आएकी शर्मा यस पटक फरक स्वरूपमा देखिने भएकी छिन् ।
शनिवार भृकुटीमण्डपमा पूर्व मिस नेपालहरू खानेकुरा बेच्न राखिएका स्टल अगाडी बसेर ग्राहकलाई आफ्नो स्टलको खाना खाइदिन अनुरोध गर्दै थिए । योसँगै उनीहरू महिनावारी सम्बन्धी जानकारी र यसको समस्याको बारेमा जानकारी दिइरहेका थिए । मितिनी इनिसियेटिभको आयोजनामा गरिएको महिनावारी सम्बन्धी जन चेतना र सहयोग सङ्कलन कार्यक्रममा पूर्व मिस नेपालहरू सहभागी भएका हुन् । 
गायिका मेनुका पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । संचारकर्मी दिपेन्द्र घिमिरेको शब्द रहेको गीत 'रङ्ग भित्रको' मा  एस. डी योगीको सङ्गीत रहेको छ । भने सङ्गीत संयोजन रिकेश गुरुङले गरेका हुन् । मङ्गलवार भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको गीतले प्रेम को चाह गर्ने श्रीमतीको अधुरो इच्छा र चाहनालाई चित्रण गरिएको छ । भिडियोमा अभिनेता निराजन प्रधान र नायिका नीता ढुङ्गानाको अभिनय रहेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ यो तीन नामले नेपाली चलचित्रको इतिहास बोकेको छ । यी तिनै नायकलाई एकै साथ देख्न कुनै सानो अवसरमा पक्कै सम्भव नहुन सक्छ । केही दिन अघि अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा तीन नायक एकसाथ स्टेजमा देखिएका थिए । तिनै नायक अवार्ड समारोहमा विभिन्न अवार्डबाट सम्मानित भएका थिए ।
शुक्रवार चलचित्र 'सँगसँगै' को मुर्हत गरिएको छ । बिहान भद्रकाली मन्दिर परिसरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ लगायत निर्माण युनिट र संचार कर्मीको उपस्थितिमा साइत गरिएको हो । मधुसूदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सौगात र सृष्टिका साथमा मुकुन भुसाल र आश्मा गिरीको पनि अभिनय रहने छ । 
रियल लाइफ जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ एक पछि अर्को चलचित्रमा एक साथ काम गरिरहेका छन् । भर्खरै रिलिज भएको ‘पोइ पर्‍यो काले’ देखी प्रदर्शनमा आउनै बाँकी चलचित्र ‘मासु भात’, आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने ‘माछा माछा’ र  मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘सँगसँगै’ मा यी दुईको जोडीलाई पर्दामा देख्न सकिन्छ । फेरी एक पटक यो जोडीलाई चलचित्रमा एकसाथ देख्न पाइने भएको छ । गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको चलचित्र ‘माइकल अधिकारी’ मा उनीहरू अनुबन्धित भएका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )