चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’को यति बेला छायाङ्कन भइरहेको छ । कीर्तिपुरमा निर्माण गरिएको सेटमा छायाङ्कनको समापन भएसँगै निर्माण टिम मनाङ मनाङ पुगेको छ । २ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको चलचित्रमा प्रदिप खड्का सँग नव-अभिनेत्री क्रिस्टिना गुरुङको जोडी बाँधिएको छ । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा प्रदिप र क्रिस्टिनका साथमा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, पुष्कर कार्की लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक गुरुङ र मन्दिप गौतमले यसको कथा लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।