अभिनेत्री वर्षा सिवाकोटी यति बेला चलचित्रमा त्यति देखिएकी छैनन् । उनी अभिनीत चलचित्र प्रोडक्सनकै काममा छन् । भर्खरै उनी 'डबल सी' नामक ड्रीङ्कसको ब्रान्ड एम्बेसडर बनेकी छिन् । पछिल्लो समय उनी आफ्नो व्यक्तिगत सम्बन्धको कारण चर्चामा छिन् । केही समय अघि उनी अमेरिकामा एक पुरुष साथीसँग घुमफिर गरिरहेको तस्बिर बाहिरिएको थियो । ती पुरुष र उनी बिच प्रेम सम्बन्ध रहेको खबर मिडियामा छाएको थियो । यसबारे कुरा गर्दै उनी आफू साथीहरूसँग घुम्न गएको र आफ्नो प्रेम सम्बन्ध नभएको बताएकी छिन् । अचानक तस्बिरलाई लिएर सार्वजनिक भएको अनुमान र खबरबारे आफू र साथी दुवै अचम्ममा परेको उनले खुलाएकी छिन् । यद्यपि आफूले यस खबरलाई कुनै खण्डन नगरेको र यसलाई ठुलो नमानेको उनको भनाइ छ । कुराकानीको क्रममा प्रेमी भेट्न कै लागी त्यति धेरै खर्च गरेर अमेरिका नपुग्ने उनले भनेकी छिन् ।