चलचित्र ‘झिँगे दाउ’को खोटाङको हलेसीमा एउटा सेड्युलको छायाङ्कन सम्पन्न गरेर हाल काभ्रेको भकुण्डेबेसीमा धमाधम छायाङ्कन भइरहेको छ । छायाङ्कन भइरहेको चलचित्रकी अभिनेत्री केकी अधिकारीको लुक्स सार्वजनिक भएको छ । केही दिन अघि चलचित्रकी नायिका आँचल शर्मा, चलचित्रका मुख्य कलाकार मुकुन भुसाल, कुशल विष्ट, आशा भुसाल र अंशु महर्जनकोको लुक सार्वजनिक भएको थियो । फेरी चलचित्र प्रति कौतुहलता सृजना गर्दै केकी को फरक अवतार सार्वजनिक भएको छ । चलचित्रमा नायिका आँचल शर्मा जस्तै केकीलाई पनि दर्शकले फरक लुक्समा देख्न पाउनेछन् ।
सार्वजनिक तस्बिरमा उनी गुन्यु, चोली, राती टिका, घाँटीमा पोते लगाएर ऐना हेर्दै मुस्कुराएकी छिन् । सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा कलाकारको भूमिकाले अझै उत्साहित बनाउने अपेक्षा निर्देशकको छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगे दाउ’ बन्न लागेको हो । कपन गढी सिनेमा प्रा । किलो ब्यानरमा निर्माण भइरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका हुन् । चलचित्रलाई विष्णु कल्पितले खिचिरहेका छन् ।