यस वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी सुन्दरी जोजिविनी तुनजीले पहिरिएकी छिन् । स्वीमसुटदेखि इभिनिङ गाउनजस्ता चरण पार गर्दै मिस साउथ अफ्रिका जोजीबिनी मिस युनिभर्सको अन्तिम चरणमा प्रवेश गरेकी थिइन् । अन्तिममा उनलाई आफू किन मिस युनिभर्सका लागि सही छनौट हो भन्ने प्रश्नको जवाफ दिँदै उनी विजयी घोषित भइन् । उनको जवाफ 'म त्यहाँ हुर्किएँ जहाँका महिलाहरूको यस्तै रङको छाला, कपाल हुन्छ र तिनीहरूलाई सुन्दरताको कसीमा राखिन्न,' आखिर प्रश्नको जवाफमा उनले भनेकी थिइन्, 'मलाई लाग्छ अब त्यसो भन्ने समय सकियो। म चाहन्छु बच्चाहरू मजस्तै देखिइनु र उनीहरूको मुहारमा मेरो प्रतिबिम्ब रहोस् ।' ले जुरी को मन जितिदियो । जर्जियाको एट्लान्टामा आइतबार टाइलर पेरी स्टुडियोमा आयोजित उक्त ब्युटी पेजेन्टमा पहिलो पटक अफ्रिकाकी अश्वेत महिलाले उपाधि हासिल गरेकी हुन् । उनी एक अभियन्ताको रूपमा सक्रिय छिन् र लैङ्गिक हिंसा अन्त्यका लागि विशेष रूपमा काम गरिरहेकी छिन् । तुन्जीका लागि प्राकृतिक सुन्दरता पनि महत्त्वपूर्ण छ । उनी भन्छिन्, ‘महिलाहरूले आफू जस्तो छन् त्यसैमा खुसी हुनुपर्छ ।’ मिस युनिभर्सको दुई रनर अपमा मिस मेक्सीको र मिस प्युरितो रिको रहेका छन्।