दिपेक्ष विक्रम राणासँग वैवाहिक जीवनमा बाँधिएकी ऋचा शर्माले आफ्नो दुलही अवतारका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् । शनिवार विवाह बन्धनमा बाँधिएकी उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिरहरू शेयर गरेकी छिन् ।
सिउँदो भरी सिन्दूर लगाएर लेहेङ्गामा सजिएकी उनलाई निकै सुहाएको छ । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । मङ्सिर २६ गतेको लागि ऋचाले विवाह भोज आयोजना गरेकी छिन् ।
अब, उनी एक महिना पारिवारिक भेटघाट र घुमघामका लागि श्रीमानसँग विदेश जाने बताइएको छ ।
तस्बिर: सामाजिक संजाल