तीजलाई लक्षित गर्दै गायिका सिन्धु मल्लले झन्डै ५ बर्षपछी तयार पारेको गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटी देखिएका छन्। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलो पटकसंगै अभिनय गराएका हुन् । राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यस गीतमा आउदै गरेको तीजको चर्चा गरिएको छ । अहिलेको तीजैमा नाचौ छमछम बोलको यस गीतमा दुइ वर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् ।

 

’केहि समय मैले मेरो घर गृहस्तीलाई दिए किनकी परिवारको दायित्व पनि पुरा गर्नु पर्छ नै अब फेरी बिस्तारै आफ्नै गीत लिएर आउदैछु’ गायिका मल्लले निरन्तरता दिने खुलाइन् । उनले आफ्नो गीत नगाएता पनि कलेक्सनमा भने गाउदै आएकी थिइन् । अघिल्ला तीजका गीत भन्दा यसलाई केहि फरक कन्सेप्टमा तयार पारिएको छ । गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।