मण्डला नाटक घरमा नाटक ‘झोला हराएको मान्छे’ आज मङ्गलवार देखी मञ्चन हुँदैछ । नाटक एक पात्र रुद्रेको हराएको झोला खोज्दा आइपरेका उल्झनमा आधारित नाटकलाई दीपेन्द्र शाहीको निर्देशन गरेका हुन् भने स्लिम जीवनले लेखेका हुन् । नाटकलाई क्याप मोशन पिक्चर्स र एम्प्टी स्ट‍म्याक क्रियशनले संयुक्त रूपमा प्रस्तुत गर्दै छन् । पुस १७ गतेसम्म सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मण्डला नाटक घरमा मञ्चन हुने छ। यस नाटकमा नाटकमा सुनीशा बजगाईँ, चन्द्र नेपाली, विकाश लामा, सन्जित प्रताप मल्ल, नवीन चन्द्र अर्याल, गणेश पौडेल(ताण्डव), जयराम ढकाल,  स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबीना थापा, अरुण सिंह पौडेल, सन्जिप योगीको अभिनय रहने छ । ‘झोला हराएको मान्छे’को शनिवार अतिरिक्त सो दिउसो १ बजे पनि मञ्चन हुनेछ ।