लोकप्रिय गीत 'ए कान्छा मलाई सुनको तारा'का गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षको उमेरमा सोमबार उनको सिलिगुरी अस्पतालमा निधन भएको हो । दार्जिलिङका निकै लोकप्रिय नेपाली भाषी गायक उनी लामो समय यता विभिन्न रोगले थलिएका थिए । उनका छोरा सुदिप गुरुङले यसको जानकारी सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । गुरुङको बुधवार दार्जिलिङमा अन्त्येष्टि गरिने सुदिपले बताएका छन् ।