'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को चौथो संस्करण हुने भएको छ । नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि आयोजना गर्दै आएको महोत्सव २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको हो । महोत्सवका लागि विश्वभरका चलचित्रलाई आवेदन खुला गरिएको छ। अन्तर्राष्ट्रिय चलचित्र कर्मीहरुको समितिले आवेदन परेकामध्ये उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्ने बताइएको छ । महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनलगायत विधाका चलचित्रहरू प्रदर्शन गरिनेछ । महोत्सवमा चलचित्र प्रदर्शनी बाहेक संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरू पनि आयोजना हुनेछन् । चलचित्रको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ । नेपालका चलचित्र कर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । यो पटकको संस्करण वासिङ्टन डिसीमा हुँदैछ ।