सञ्जीव पुडासैनी र प्रविशा अधिकारीको स्वर रहेको गीत 'नरोई बस' सार्वजनिक भएको छ । दुर्गा प्रसाद न्यौपानेको शब्द रहेको गीतमा सञ्जीव पुडासैनीले सङ्गीत भरेका छन् । ठेट नेपाली लोक भाकाको स्वाद दिने गीतमा परदेसिनु को बाध्यता र सपनालाई निकै मार्मिक र यथार्थ रूपमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीले सारङ्गी बजाएर साथ दिएका छन् भने भिडियोलाई सञ्जीव पुडासैनीले निर्देशन गरेका हुन् । फराज अर्पनले खिचेको गीत एसियन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत को भिडियोमा गायक द्वयलाई नै देख्न सकिन्छ ।