सञ्जीव खरेल र निकिता थापाको स्वर रहेको गीत 'प्रेम कहानी' सार्वजनिक भएको छ । गायक स्वयमको शब्द रहेको गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गरेका हुन् । बुधवार सार्वजनिक भएको गीत को भिडियोमा टिक टकमा भाइरल बनेकी उषा उप्रेती र मोडल सागर थापाको अभिनय रहेको छ । वैँशालु उमेरका हरेक जोडीको प्रेम कहानी बोकेको गीत ले दुनियाँ नै प्रेमको विरुद्धमा रहे पनि आफ्नो प्रेम कहानी लेख्न नछोडौँ भन्ने भाव रहेको गीत को भिडियो निर्देशन तथा सम्पादन प्रबिन भट्टले गरेका हुन् । अनिल के मानन्धरको छायाङ्कन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ ।