शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'धनपति'ले दर्शकबाट राम्रो प्रतिक्रिया संगै व्यापारिक हिसाबले पनि उत्कृष्ट सुरुवात गरेको छ । चलचित्रको निर्माण पक्षका अनुसार चलचित्रले शुक्रबार ४५ लाख र शनिबार ७५ लाखको व्यापार गरेको छ ।
सफल चलचित्र 'पशुपति प्रसाद'को टिम कै कारणले पनि चलचित्र दर्शकमाझ प्रतिक्षित थियो र प्रर्दशन पछि दर्शकको प्रतिक्रियाका कारणले पनि व्यापार थप उत्साहजनक हुनेकुरामा निर्माण पक्ष ढुक्क रहेका छन् । चलचित्र अहिले देशभरका ६० भन्दा बढी हलमा प्रर्दशन भइरहेको छ
दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिका रहेका छन् साथै कथा पनि खगेन्द्र लामिछाने कै रहेको छ । चलचित्रमा खगेन्द्र लामिछानेका अलावा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।