टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगबाट लोकप्रिय बनेका रवि लामिछाने रियालिटी शोमा देखिने भएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘द लिडर’ नामक कार्यक्रमको घोषणा गरिएको हो । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रमको निर्णायकका रूपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् । त्यस्तै बाँकी दुई जना निर्णायकहरू दर्शकको अनुरोधको आधारमा नियुक्त गरिने छ । कार्यक्रमको प्रस्तोताको रूपमा रवि लामिछाने रहेका छन् ।

देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यक्तिको खोजी गर्ने उद्देश्यका साथ सुरु हुन लागेको कार्यक्रमको लागी देशका विभिन्न ठाउँमा अडिसन हुने छ भने देश बाहिर पनि अडिसन हुने बताइएको छ । यस कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् । एक इमानदार र देशलाई निस्स्वार्थ सेवा गर्न सक्ने लिडरको खोजी गर्ने उद्देश्यले सुरु गर्न लागेको कार्यक्रमका साथमा रवि निरन्तर टेलिभिजन कार्यक्रम 'सिधा कुरा जनतासँग'मा काम गर्ने उनले जानकारी दिएका छन् ।