गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा धमेन्द्रकै शब्द, सङ्गीत तथा स्वर छ । धर्मेन्द्रले गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । धमेन्द्र यो गीत आफूले ‘सफ्ट लभ म्युजिक’ मन पराउने दर्शक–श्रोतालाई लक्षित गरेर तयार गरेको बताएका छन् । उनका अनुसार दर्शकले उनले एक्लै गितार बजाएर गाएको मन पराउने र आफ्नो रुचि पनि यसैमा भएकाले ‘गुलाबको फूल’लाई पनि उही शैलीमा तयार पारेका हुन् । प्रेम भावना र मनको चाहनाले भरिएको गीतले कान हुँदै मन सम्म पुग्ने शक्ति बोकेको छ । सार्वजनिक गीतको भिडियोलाई निर्देशन र कोरियोग्राफी सुरज दर्लामी मगरले गरेका हुन् ।