मोफसलका बिभिन्न ११ सहरमा चलचित्र 'प्रेम गीत २'को 'लभ जर्नी विथ प्रेम गीत २' बाट राम्रो प्रतिक्रिया बटुल्दै चलचित्र युनिट काठमाडौँ आएको छ । दमौली, नेपालगन्ज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, झापा, धरान, इटहरी गरी ११ सहरका बिभिन्न स्थानमा कार्यक्रम गरिएको थियो ।

दर्शकसंग प्रतक्क्ष भेटेर चलचित्रको बारेमा जानकारी गराउने र दर्शकको प्रतिक्रिया लिने हेतुले उक्त टुर गरिएको र त्यसमा सफल भएको निर्माण पक्षले जनाएको छ । दर्शकले उक्त कार्यक्रममा देखाएको माया र अपेक्षाले अगाडीका दिनमा थप काम गर्न उर्जा मिलेको नायिका अश्लेशा ठकुरीले बताईन् । चलचित्र युनिटबाट काठमाडौँ उपत्यकाका बिभिन्न ठाउँमा सोहि कार्यक्रमका लागि तयार हुदैछ । काठमाडौँ, भक्तपुर र ललितपुरमा कार्यक्रम गरिने छ ।