'मिस नेपाल २०१८९' अनुष्का श्रेष्ठले 'मिस वर्ल्ड २०१९' मा मल्टिमिडिया अवार्ड जितेकी छन् । उत्कृष्ट ४० भित्र अटाउन सफल भएकी अनुष्काले बिहीबार विधागत अवार्ड तर्फ ‘मल्टिमिडिया अवार्ड’ आफ्नो पोल्टामा पारेकी हुन् । बिहीबार अनुष्काले सामाजिक सञ्जालमार्फत मल्टिमिडिया अवार्ड जितेकी जानकारी दिएकी थिइन् । भोटिङका आधारमा विजेता घोषित हुने उक्त अवार्डमा अन्य देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालले जितेको अनुष्काले भिडियो सन्देश मार्फत जानकारी गराएकी छिन् । यसअघि गत वर्षकी नेपाली प्रतिस्पर्धी शृङ्खला खतिवडाले पनि यो विधाको अवार्ड हात पारेकी थिइन् । 'मिस वर्ल्ड २०१९' को फाइनल शनिवार हुनेछ ।