रचनाकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुति गान सार्वजनिक भएको छ । सार्वजनिक स्तुति गानमा अभिनेता गजित विष्ट रावण बनेका छन् । बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना सार्वजनिक गरिएको रावण गीत रचनाकार मनिष वशिष्ठको कलात्मक साङ्गीतिक प्रस्तुति हो । गीतमा मनिष वशिष्ठ र सजन न्यौपानेको आवाज तथा उनीहरूकै सङ्गीत रहेको छ । 'रावण' मा धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार लंकाका राजा रावणको तारिफ गरिएको छ। रावणको नकारात्मक पक्षको मात्रै जानकारी सबैमा भएका कारण गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको बताइएको छ । सार्वजनिक गीतको भिडियो कलात्मक रहेको छ भने यसलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन र गजित विष्टको कोरियोग्राफी, नवीन निरौलाको सम्पादनमा तयार गरिएको भिडियोमा गजित विष्टको अभिनय रहेको छ।