चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिवार भएको चुनावमा  निकटतम प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठलाई एक मतले उछिन्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् । राणाले ४५ मत पाएकी थिइन् भने श्रेष्ठले ४४ मत प्राप्त गरेकी थिइन् । चलचित्र विकास बोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो । उपाध्यक्षमा ५८ मतसहित राजु अधिकारी र ६२ मत प्राप्त गरेर राजेन्द्र कुमार उप्रेती विजयी भए । महासचिवमा जनक दीप पराजुलीले जी हासिल गरेका छन् । महासचिव पदमा समीर बलामी र सचिव पदमा अरुण कुमार प्रधान विजयी भएका छन् । कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा हरि सिलवाल चयन हुँदा सदस्यतर्फ किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे र नवीन अवाल निर्विरोध निर्वाचित भए । त्यस्तै, थमन सिंह पुर्जा र सुरेश न्यौपाने मुख्य सहायक निर्देशकमा चयन भएका छन् ।