‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले हात पारेकी छिन् । शनिवार लन्डनमा भएको मिस वर्ल्डको फिनालेमा सिंहलाई विजयी घोषणा गरिएको हो । प्रतियोगितामा फ्रान्सकी ओफ्ली मेजिनो फर्स्ट रनर-अप भएकी छिन् भने भारतकी सुमन रतनसिंह राव सेकेन्ड रनर-अप भएकी छिन् । मिस वर्ल्ड २०१९ मा नेपालकी अनुष्का श्रेष्ठ भने उत्कृष्ट १२ बाट नै बाहिरिइन् । टप १२ बाट बाहिरिए पनि उनले यो वर्षको मिस वर्ल्डको 'ब्युटी विथ पर्पस' अवार्ड भने जित्न सफल भएकी छिन् । यसअघि उनले हेड टु हेड च्यालेन्ज र मल्टिमिडिया अवार्ड जितेकी थिइन् । टप ५ मा जमैका, फ्रान्स, भारत, नाइजेरिया, ब्राजिल परेका थिए ।