चलचित्र 'ए मेरो हजुर २'को ‘कसम हो' बोलको गीत सार्बजनिक भए संगै नेपाली चलचित्र बजारमा एउटा तरंग नै उत्पन्न भयो । उक्त गीतको दृश्य, नव नायक सलिन मान बनियाँको उपस्थिति, नायिका साम्रगी राज्यलक्ष्मीको हट अबतार लगायतका कारणले गीतले २४ घण्टामा सबै भन्दा बढी हेरिने कृतिमान नै बनायो । चलचित्र 'ए मेरो हजुर २'को प्रर्दशन मिति नजिकिदै गर्दा यसले थप रफ्तार पाउदै छ । अहिले ‘कसम हो' बोलको गीतलाई यु-ट्युबमा ५० लाख भन्दा बढी पटक हेरिसकिएको छ । गीतमा कल्याण सिंहको संगीत, सुगम पोखरेलको स्वर र रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको छ ।

सोहि कारण पनि चलचित्र 'ए मेरो हजुर २' दर्शकमाझ प्रतिक्षित बनिरहेको छ । भाद्र १६ गते प्रर्दशन हुने चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् भने निर्माण सुनिलकुमार थापाको रहेको छ । चलचित्रमा सलिनमान बानियाँ, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।