गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 
लोकप्रिय गीत 'ए कान्छा मलाई सुनको तारा'का गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षको उमेरमा सोमबार उनको सिलिगुरी अस्पतालमा निधन भएको हो । दार्जिलिङका निकै लोकप्रिय नेपाली भाषी गायक उनी लामो समय यता विभिन्न रोगले थलिएका थिए ।
नायिका ऋचा शर्मा र दिपेक्ष विक्रम राणा गत शनिवार विवाह बन्धनमा बाँधिएका थिए । परिवार र एकदमै नजिकका व्यक्तिको उपस्थितिमा दुईले विवाह गरेका थिए । फिल्म इन्डस्ट्री र मिडिया कर्मीलाई उनीहरूले बिहीबार रिसेप्सन पार्टी दिएका थिए । पार्टीमा नव दम्पतीले मिडियासँग अन्तरक्रिया गर्दै नयाँ वैवाहिक जीवनको अनुभव सुनाएका छन् ।
चलचित्र ‘चालबाज’को गत शुक्रवार दार्जिलिङको मिरिकमा शुभ मुहूर्त गरिएको थियो । कैलाश राईले निर्देशन गर्ने चलचित्रलाई अरुण तामाङले निर्माण गर्ने चलचित्रमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहने टुङ्गो लागेको थियो । तर उनले आफ्नो घरायसी कामका कारण फिल्म गर्न नसक्ने भएपछि उनको ठाउँमा पुष्प खड्काको इन्ट्री भएको छ । पुष्पले चलचित्रमा आफ्नो भूमिका मन परेको र पारिश्रमिक पनि राम्रो पाएकाले काम गर्न तयार भएको बताएका छन् । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र ‘झिँगे दाउ’को खोटाङको हलेसीमा एउटा सेड्युलको छायाङ्कन सम्पन्न गरेर हाल काभ्रेको भकुण्डेबेसीमा धमाधम छायाङ्कन भइरहेको छ । छायाङ्कन भइरहेको चलचित्रकी अभिनेत्री केकी अधिकारीको लुक्स सार्वजनिक भएको छ ।चलचित्र प्रति कौतुहलता सृजना गर्दै केकी को फरक अवतार सार्वजनिक भएको छ । चलचित्रमा नायिका आँचल शर्मा जस्तै केकीलाई पनि दर्शकले फरक लुक्समा देख्न पाउनेछन् ।
वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिवार डिल्लीबजारको आफ्नै डेरामा सुतेको अवस्थामा मृत भेटिएका हुन् । उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । 
नेपालमा साग खेलकुद प्रतियोगिता आयोजना भइरहेको छ । यसै अवसरमा ‘पल्सर डेयर भेन्चर'का प्रतिस्पर्धीहरूले आइतबार दशरथ रङ्गशालामा आयोजना भएको फुटबल म्याच पश्चात् अव्यवस्थित भएको स्टेडियम सफा गर्नुका साथै व्यवस्थित पार्ने काम गरेका छन् । आइतबार बङ्गलादेश र नेपाल बिच फुटबल खेल भएको थियो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’को यति बेला छायाङ्कन भइरहेको छ । कीर्तिपुरमा निर्माण गरिएको सेटमा छायाङ्कनको समापन भएसँगै निर्माण टिम मनाङ मनाङ पुगेको छ । २ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको चलचित्रमा प्रदिप खड्का सँग नव-अभिनेत्री क्रिस्टिना गुरुङको जोडी बाँधिएको छ ।
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको चलचित्रको पहिलो गीत  ‘तिम्रो घरको वरिपरि’मा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ ।
'मिस नेपाल २०१८९' अनुष्का श्रेष्ठले 'मिस वर्ल्ड २०१९' मा मल्टिमिडिया अवार्ड जितेकी छन् । उत्कृष्ट ४० भित्र अटाउन सफल भएकी अनुष्काले बिहीबार विधागत अवार्ड तर्फ ‘मल्टिमिडिया अवार्ड’ आफ्नो पोल्टामा पारेकी हुन् । बिहीबार अनुष्काले सामाजिक सञ्जालमार्फत मल्टिमिडिया अवार्ड जितेकी जानकारी दिएकी थिइन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘चुरीफुरी’ को दोस्रो चरणको अडिसन यही मङ्सिर २७ गते हुने भएको छ । चलचित्रको लागी नव कलाकारको छनौट कार्य अडिसनमार्फत गरिने भएकाले गत कार्तिक ३० मा पहिलो चरणको अडिसन सम्पन्न गरी दोस्रो चरणबाट कलाकार फाइनल गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
'मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगेकी थिइन् । डिसेम्बर १४ मा आयोजना भएको ‘मिस वर्ल्ड’को लागी अनुष्काले हेड टु हेड च्यालेन्जको दोस्रो राउन्डमा मिस इन्डोनेसियालाई हराउँदै 'टप ४०' मा पर्न सफल भइन । यसै गरी उनी 'ब्युटी विथ पर्पोज'को लागी टप १० मा पर्न सफल भएको थिइन् । 
टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगबाट लोकप्रिय बनेका रवि लामिछाने रियालिटी शोमा देखिने भएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘द लिडर’ नामक कार्यक्रमको घोषणा गरिएको हो । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रमको निर्णायकका रूपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को रिलिज मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ गतेलाई रिलिज लक्ष राखेको चलचित्र अब चैत २१ गते प्रदर्शनमा आउने छ । कमेडी जनरामा निर्माण हुने चलचित्र 'लक्का जवान' चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर चर्चा कमाएका शिवहरिको यो पहिलो फिचर फिल्म हो ।
बहु विवाहको मुद्दा खेपेका निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् । बहु विवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मङ्गलवार जिल्ला अदालत काठमाडौँ हाजिर भएका थिए । न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासमा जिल्ला अदालत काठमाडौँले उनलाई मङ्गलवार तारेखमा छाडेको हो  । 
अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र डान्स ग्रुप भिमफेदी गाइजले नृत्य गरेका छन् । अञ्जु पन्त र पुरुषोत्तम प्रधानको स्वर रहेको गीतमा बि पाण्डेको शब्द र सुवास भुसालको सङ्गीत रहेको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )