चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राती करिब १०ः३० बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । हृदयाघातका कारण उनको निधन भएको बताइएको छ । अहिले उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ । परिवार आफन्तजनले काठमाडौँको चाबहिल स्थित ओम अस्पताल पुर्याउँदा उनको निधन भइसकेको अस्पताल श्रोतले बताएको छ । ८ महिना अगाडि नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् । २ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका उनले पछिल्लो पल्ट अभिनेता सलिनमान बनियाँ अभिनीत चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले चलचित्र ‘कोसेली’ बाट अभिनयको यात्रा सुरु गरेका थिए । भट्टराईको मृत आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।