आइतबार राती असामयिक देहावसान भएका चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने भएको छ । हृदय घातका कारण उनको निधन भएको बताइएको छ भने अहिले उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ । शवको पोस्टमार्टम पश्चात् उनको पार्थिव शरीरलाई श्रदान्जली अर्पण गर्न चाबहिल स्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिने भएको छ । सोमबार दिउँसो १२:३० देखी १:३० सम्म श्रदान्जली कार्यक्रम राखिएको छ । यसै गरी आज नै दिउँसो २ बजे उनको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।