दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ । यसअघि वैशाख र भदौमा नै प्रदर्शनमा आउने भनिएको चलचित्र फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । पोस्ट प्रोडक्शनमामा ढिलाइ भएपछि चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको निर्माण पक्षले बताएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा बनेको यस चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्र गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको छ । ‘नीरफूल’मा दयाहाङका साथमा रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय रहेको छ । चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । निर्देशक वलका अनुसार चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको बेलाको मानवीय सङ्घर्ष र आम मनोविज्ञानलाई चलचित्रमा पस्किन खोजेको छ ।