प्रेम कथामा निर्माण हुने चलचित्र ‘शुभ मङ्गल’ मा नायिका सुरविना कार्की देखिने भएकी छिन् । पछिल्लो समय अभिनयबाट टाढा रहेकी सुरविनाले चलचित्र ‘लप्पन छप्पन २’मा साइन गरेकी थिइन् । छायाङ्कनका लागी युरोप पुगेको टिमले फिल्म खिच्न नसकेपछि उनले चलचित्रबाट हात झिकेकी थिइन् । अस्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने ‘शुभ मङ्गल’ मा सुरविनाको जोडी  कुशल थापासँग बाँधिनेछ । चलचित्रको छायाङ्कन नेपाल र अस्ट्रेलियामा हुने बताइएको छ । चलचित्रमा कुशल र सुरवीनाका साथमा विकास चापागाईँ, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डे लगायतका कलाकारले अभिनय रहनेछ । देउराली फिल्मस्को ब्यानरमा सङ्गम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्र अस्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका विविध विषयमा निर्माण हुने छ ।