वरिष्ठ हास्य कलाकार आनन्द थापाको निधन भएको छ । २ वर्ष देखी प्यारालाइसिसले थलिएका ८० वर्षीय थापाको मङ्गलवार राती निधन भएको हो । चलचित्र 'मनको बाँध'बाट अभिनय यात्रा सुरु गरेका उनले कुमारी , कान्छी, माया प्रीति, अचानक, राज,प्लान, वरदानलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । गाईजात्रा महोत्सव, हास्य व्यङ्ग्य कार्यक्रम, नाटक टेलिफिल्म लेखन, निर्देशन समेतमा राम्रो दक्खल राखेका थापाका ३ छोरा र अर्धाङ्गिनी छिन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।उनको पार्थिव शरीरलाई आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । यो हप्ता थापा सहित तीन मूर्धन्य व्यक्तिलाई नेपाली चलचित्र क्षेत्रले गुमाएको छ । जसको अभाव नेपाली चलचित्र क्षेत्रले सदैव गरिरहने छ । मृतक कलाकारहरूको आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जली ।