अभिनेत्री केकी अधिकारीको मङ्गलवार जन्मदिन परेको थियो । उनी यति बेला चलचित्र 'झिंगेदाउ'को छायाङ्कनको लागी काभ्रेको भकुण्डेबेसीमा छिन् । केकीले यो वर्षको जन्मदिन 'झिंगेदाउ'को सेटमै मनाइन् ।
उनलाई चलचित्रकी अर्की नायिका आँचल शर्माले मध्य राती नै सर्प्राइज केक सहित जन्म दिनको शुभकामना दिइन् । चलचित्रमा केकी र आँचलले देवरानी जेठानीको भूमिका निभाएका छन् ।
चलचित्रमा दुबै नायिकालाई बिल्कुल भिन्न अवतारमा देख्न पाइने भएको छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो ।