धुर्मुस-सुन्तली अभिनित सर्ट मुभी 'हरियो बिल्ला'को ट्रेलर सार्बजनिक गरिएको छ । उक्त ट्रेलरमा सरसफाई र अन्य सामाजिक बिषयबस्तुलाई प्रस्तुत गरिएको छ ।
धुर्मुस-सुन्तली कै कथा र निर्देशनमा तयार 'हरियो बिल्ला'मा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको भूमिका रहेको छ । नेपालका बिभिन्न ग्रामिण एबं बिकट ठाउँका बासिन्दाहरुमा पनि सरसफाईका बिषयमा जनचेतना पुगोस् भन्ने हेतुले उक्त सर्ट मुभी निर्माण गरिएको धुर्मुस सुन्तलीले जानकारी गराए ।