चलचित्र ‘लक्का जवान’को छायाङ्कन सक्काएर म्युजिक भिडियोमा समय दिइरहेकी नायिका वर्षा सिवाकोटी दुई नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । उनले छायाँकनरत चलचित्र ‘चालबाज’मा इन्ट्री गरेकी छिन् भने चलचित्र ‘सुदूर’मा पनि काम गर्ने पक्का भएको छ । रमेश बुढाथोकीको निर्देशनमा बन्ने चलचित्र ‘सुदूर’ सुदूर पश्चिमको कथा र भोगाइमा आधारित हुनेछ भने यसमा वर्षाले मुख्य भूमिका निभाउनेछिन् । वर्षाका अनुसार यस चलचित्रमा अहिलेसम्म काम गरेको भन्दा फरक भूमिकामा आफूलाई दर्शकले देख्ने बताएकी छिन् । चलचित्रको लागी अन्य कास्ट एन्ड क्रु फाइनल हुन बाँकी रहेको समेत उनले जानकारी दिइन् । यसै गरी केकी अधिकारी फाइनल भएको चलचित्र 'चालबाज'मा उनी केकीको ठाउँमा देखिने भएकी छिन । छायाङ्कन रत चलचित्र झिँगे दाउमा केकी व्यस्त भएपछि उनको ठाउँमा वर्षालाई लिइएको हो । उनका अनुसार यस चलचित्रमा उनको भूमिका सस्पेन्स प्रकारको रहेको छ । 'चालबाज'को लागु नायक पुष्प खड्का पनि केही दिन अगाडी फाइनल भएका थिए । कैशला राईले निर्देशन गर्दै गरेको चलचित्रको लागी वर्षा र पुष्पले शुक्रवार दार्जिलिङ पुग्ने छन् ।