रियालिटी शोलाई दर्शकले राम्रो साथ दिइरहेका बेला स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन' ले दर्शकको माया र विश्वास पाइरहेको छ । स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन' ले पाएको माया देखेर यति बेला टिम हौसिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको सो युट्युबमा कमेडी च्याम्पियनकै च्यानलमा हेर्न सकिन्छ । टेलिभिजनमा त सो रुचाइएको छ नै साथमा युट्युबमा पनि साथै 'कमेडी च्याम्पियन' ले दर्शकको माया अत्यधिक पाइरहेको छ । यो हप्ता शोको ७औँ र ८औँ भाग प्रसारण भएका छन् । गएको सोमवार प्रदर्शन भएको ७औँ अङ्क युट्युबको ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ । उक्त एपिसोडलाई साँढे पाँच लाख बढिले हेरिसकेका छन् भने चौध हजार बढिले लाईक र पन्ध्र सयले कमेन्ट गरेका छन् ।

यस एपिसोडलाई सकारात्मक प्रतिक्रिया धेरै आएको छ । टप १० को प्रस्तुति भइरहेको च्याम्पियनमा दर्शकको भोटका आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् ।  शोमा निर्णायकको रूपमा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका छन् । प्रतियोगिता मूलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गरिरहेको छ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको सो विशाल भण्डारीको निर्देशनमा तयार भइरहेको छ । सोलाई रीमा विश्वकर्माले होस्ट गरिरहेकी छिन् ।