लामो समय देखि मुम्बई बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह भारतीय गायन रियालिटी सो ‘इन्डियन आइडल’मा पुगेकी छिन् । शोका होस्ट आदित्य नारायणको तर्फबाट उनी इन्डियन आइडल सम्म पुगेकी हुन् । नेपाली नायिकाको प्रतिनिधित्व गर्दै इन्डियन आइडलमा पुगेकी उनले इन्डियन आइडलको सेटको फोटो तथा भिडियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा राखेकी छिन् । आफूले इन्डियन आइडलको सेटमा राम्रो समय बिताएको भन्दै आदित्यलाई धन्यवाद भनेकी छिन् । लामो समय पछि चलचित्र ‘दालभात तरकारी’बाट अभिनयमा फर्किएकी निरुता अहिलेसम्म बलिउडमा देखिएकी छैनन् तर भविष्यमा उनले बलिउडमा पनि ब्रेक लिने सम्भावना भने रहेको छ ।