चलचित्र ‘भुईँमान्छे’को नयाँ गीत सार्वजनिक भएको छ । ‘जिन्दगी एउटा गीत हो’बोलको गीत आइतबार सार्वजनिक भएको हो ।गीतमा रमेश र सिपोरा फिचरीङ छन् , जहाँ यी दुई बिच बढ्दै गरेको मायालाई देखाइएको छ । सार्वजनिक गीतमा शब्द दयाराम पाण्डेको रहेको छ भने यसमा सङ्गीत अर्जुन पोखरेलले दिएका छन् । यस गीतलाई प्रमोद खरेलले गाएका छन् । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् भने यसलाई बिदुर पाण्डेले खिचेका हुन् ।

 

शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुति नेपाली चलचित्र भुँईमान्छे अस्पतालमा पोस्टमार्टम गर्ने मान्छेको कथा हो । चलचित्रमा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई,बादल भट्ट,रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आउँदो भाद्र २ गते अल नेपाल रिलिज हुदैँ छ ।