हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस'को पहिलो गीत सार्वजनिक भएको छ । 'फनफनी' बोलको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।बिहिवार राजधानीमा एक क्रार्यक्रमाझ गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा आफु आउन नपाउने भन्दै धुर्मुस (सिताराम कट्टेल)ले चितवन बाट नै लाईभ आएर भिडियो म्यासेज दिएका थिए । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रको सार्वजनिक गीतमा मेलिना राई र काली प्रसाद बास्कोटाको स्वर रहेको गीतमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, अञ्जलि अधिकारी, दयाहाङ राई, बुद्धि तामाङ र विल्सन विक्रम राई फिचर्ड छन् ।
डिपी खनालको शब्द रहेको गीतमा शङ्कर थापाले सङ्गीत भरेका छन् । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।