आसिफ शाहको स्वर रहेको गीत 'बाटो बिराएँ' सार्वजनिक भएको छ । आसिफ कै शब्द तथा सङ्गीतमा तयार भएको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा असिफ र एलिशा राई फिचर्ड छन् । प्रविन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियो निरज श्रेष्ठले खिचेका हुन् । जी २१ डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतले प्रेम र प्रेममा गरिने सम्झौताको भाव बोकेको छ । गीतको भिडियो निकै फरक कन्सेप्टको रहेको छ भने रमाइलो पनि छ ।